रौतहट,१८ पुस । रौतहटको गढीमाई नगरपालिका–६ धरमपुरमा ट्याक्टर दुर्घटना हुँदा चालकको ज्यान गएको छ ।
बुधवार भएको दुर्घटनामा घाइते भएका चालक माधव नारायण नगरपालिका–३ का २२ वर्षीय रञ्जित कुमार पण्डितको प्रादेशिक अस्पताल गौरमा उपचारको क्रममा ज्यान गएको हो ।
बागमती पुलस्थित भित्र सडक खण्डमा नदीबाट बालुवा लोड गरेर धर्मपुरतर्फ आउँदै गरेको ना.२ त ८५०८ नम्बरको ट्याक्टर अनियन्त्रित भई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता एवम् डिएसपी एलिजा गिरीले जानकारी दिइन् ।
घटनाको विषयमा आवश्यक अनुसन्धान भइरहेको तथा मृतकको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल गौरमा राखिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

