रौतहट प्रहरीद्वारा ८ लाख बढीको मोबाइल र अवैध सुर्ती बरामद

रौतहट, १८ पुस । रौतहट स्थित प्रहरीले ८ लाख रुपैयाँ भन्दा बढीको मोबाइल र सुर्ती बरामद गरेको छ। जिल्लाको छुटाछुटै स्थानबाट खटिएको प्रहरी गस्ती टोलीले उक्त सामान बरामद गरेको हो।
इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरबाट खटिएको टोलीले तल्लो बजार स्थित चपुर गौर सडक खण्डमा चेकजाँच गर्ने क्रममा गौरबाट चन्द्रनिगाहपुरतर्फ आएको बसको डिक्कीमा ३ ओटा बोरा भित्र रहेको कार्टुनमा विभिन्न कम्पनीहरूको मोबाइलहरू फेला परेको थियो । बरामद ३८७ थान मोबाइल कुल आठ लाख अठार हजार नौ सय छ रुपैयाँ मूल्याङ्कन सहित आवश्यक कारबाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा दाखिला गरिएको एसपी महेन्द्र कुमार श्रेष्ठले बताएका छन्।

त्यस्तै प्रहरी चौकी औरैया र प्रहरी चौकी मठिया महुलियाबाट खटिएको संयुक्त प्रहरी टोलीले ईशनाथ नगरपालिका ३ र ४ स्थित चेकजाँच गर्ने क्रममा मधेस प्र-०३-०२४ प ३०३३ नम्बरको सुपर स्पलेण्डर मोटरसाइकल १ थान र सुर्ती २०८ किलो बरामद गरेको छ। दुई लाख चार हजार मूल्याङ्कन सहित मोटरसाइकल र सुर्ती आवश्यक कारबाहीको लागि गौर भन्सार कार्यालयमा बुझाइएको एसपी श्रेष्ठले बताएका छन्।

ताजा समाचार

Related Articles