रौतहट, ७ पुस । रौतहटको चन्द्रपुरमा रहेको एक विद्यालयले बाबालिको येकाग्रता बिकासको लागि ७ दिने योग साधना तथा ध्यान कार्यक्रम सुरु गरेको छ । चन्द्रनिगाहपुर स्थित रहेको समता स्कूलमा सो योग साधना भइरहेको हो । गत पुस ४ गतेबाट सुरु भएको योग साधना तथा ध्यान कार्यक्रम ११ गते सम्म प्रत्येक दिन ४० मिनेटको हुने गरेको छ । योग साधना तथा ध्यान कार्यक्रमको प्रशिक्षक सुनिता गौतम, कृष्ण दाहाल, नरेन्द्र साह तथा मधेस प्रदेश सम्योजक शैलेस शर्मा पौडेल तथा दिनेश घिमिरेको उपस्थिति रहेको छ ।
बालबालिकालाई किन योग अभ्यास ?
सामान्यतः योग वृद्धहरूले मात्रै गर्नुपर्छ भन्ने बुझाइ छ । उमेर पुगेकाले मात्रै योग अभ्यास गर्नुपर्छ भन्ने अर्काे भ्रम पनि छ । उमेर पुगेका र वृद्धा भएकाले आसन र ध्यान गर्नुपर्छ भन्ने सोचाइ गलत हो । एउटा बिरुवालाई रोपेपछि सानैमा उचित मलजल ग¥यो भने सजिलै हुर्कन्छ । त्यस्तै, बालबालिकालाई पनि सानै उमेरदेखि योग अभ्यास गरायो भने उनीहरूको शारीरिक र मानसिक तथा बौद्धिक विकास हुन्छ । योग समग्र स्वास्थ्यका लागि आवश्यक छ । त्यसकारण बालाबालिकाको स्वास्थ्यका लागि योग निकै महत्वपूर्ण छ । हामीले बालबालिकालाई सानै उमेरदेखि योग अभ्यास गर्न जोड दिनुपर्छ । योग प्रशिक्षकसँग सल्लाह लिनु आवश्यक हुन्छ ।

