रौतहट,२१ मंसिर । रौतहटको चन्द्रनिगाहपुरमा लघुबित्त र मिटर ब्याजी पिडितद्धारा विशाल विरोध प्रदर्शन भएको छ । बिहिबार लघुबित्त,बित्तिय संस्था बिरुद्धको संघर्ष समितिको ब्यानरमा लघुबित्त तथा बित्तिय संस्था पिडितहरुले पुर्व पश्चिम राजमार्गमा चक्का जाम गर्ने भनेपछि ठुलो संख्यामा चन्द्रनिगाहपुरमा सुरक्षाकर्मी परिचालन गरिएको थियो । दिउसो ३ बजेको समयमा चन्द्रपुर ६ स्थित जनज्योती बहुमुखि क्याम्पसबाट पिडितहरुको जुलुस निस्केको थियो । जुलुसमा सहभागि र सुरक्षाकर्मी बरोबरी जस्तो देखिन्थे । उनीहरुले सामुहिक ऋण मिनाहा गर ,रौतहटका मिटर ब्याजी शिव प्रसाद राय यादवलाई पक्राउ गर,जनताको शिप र क्षमताको आधारमा दामको ब्यावस्था गर ,लघुबित्त र सहकारी मार्फत सर्वसाधारणलाई दुख दिनेलाई कार्वाही गर जस्ता नारा लगाउँदै नगर परिक्रमा गरेका थिए । ठुलो संख्यामा उपस्थित रहेका सुरक्षाकर्मीले उनीहरुले गर्ने भनेको चक्का जाम भने हुन दिएनन् । आफुहरुले आयोजना गरेको शान्तिपुर्ण बिरोध प्रर्दशनमा सहभागि हुन अन्य जिल्लाबाट आएका पिडितहरुलाई प्रहरीले रौतहटको बागमती र धन्सारमा राकेर कार्यक्रममा सहभागि हुन नदिएको मिटर ब्याज तथा ठगि बिरुद्धको किसान मजदुर संर्घष समिति रौतहटका संयोजक शिव शंकर महतोले बताए ।

