वृन्दावन, ३ कार्तिक । रौतहटको वृन्दावन नगरपालिका नगरप्रमुख बिनोदप्रसाद कुर्मी र निमित्त प्रशासकीय अधिकृत रासनारायण पटेल सो पालिकाका विभिन्न छठ घाट अवलोकन गरेका छन् ।
नगरप्रमुख कुर्मी र अधिकृत पटेल छठ ब्रतालु सँग आशीर्वाद लिनुका साथै उनिहरुको समस्या समेत बुझिएको हो ।
वृन्दावनको बलेरी, खैराटोल, धनगढी, रमौली,बैराठपुर बिश्रामपुर, हर्षाहा लगायतका छठ घाटमा पुगेर नगरप्रमुख कुर्मी र अधिकृत पटेल ब्रतालुहरु सँग आशीर्वाद लिएको बताइएको छ ।
यता रौतहटमा गत वर्षको तुलनामा यश वर्ष छठ घाटमा राजनीतिक चहलपहल खसै देख्न पाएको छैन । गत वर्ष प्रदेश सभा सदस्य र प्रतिनिधि सभा सदस्यको निर्वाचनले गर्दा उम्मेदवारहरु आ–आफ्नो क्षेत्रको छठ घाट अवलोकन गर्दा छठ घाटमै चुनाब लाएको थिए । तर, यश वर्ष छठ घाटमा निर्वचित जनप्रतिनिधि बाहेक अन्य कुनै नेताहरु चहलपहल देख्न नपाइएको आम सर्वसाधारणहरुको भनाई रहेको छ ।

