रौतहट २१ कार्तिक
रौतहटको कटहरिया नगरपालिकाका नगर प्रमुख अजय प्रकाश घाइते हुनु भएको छ । सोमबार नगर प्रमुख अजय प्रकाश काठमाडौबाट रौतहटमा आउने क्रममा उहा सवार स्कारपियो दुर्घटनामा परेको थियो । काठमाडौबाट रौतहटतर्फ आउदै गरेको ना १ झ १७०२ नम्बरको सरकारी नम्वरको स्कारपियो सोमबार बिहान ४ बजे मकवानपुर बकैया ११ स्थित कान्तिलोक पथको सिरु डाडामा दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटना भएको स्कारपियोमा नगर प्रमुख अजय प्रकाश र सो स्कारपियोका चालक रहेको र सवार दुवै जना सामान्य घाइते हुनु भएको इलाका प्रहरी कार्यालय ठिंगनका प्रहरी निरिक्षक लक्ष्मण गिरिले बताउनु भएको छ । स्कारपियो गाडीको अगाडीको भागको सिसा फुटेको प्रहरीले जनाएको छ ।

