रौतहट १९ कार्तिक
रौतहटको गैडाटारमा आइतबार राती ११ बजे आगलागी भएको छ । रौतहटको चन्द्रपुर नगरपालिकाको वडा नम्बर ३ गैडाटारका गणेश आचार्यको गोठमा आगलागी भएको स्थानियले बताएका छन । राती एक्कासी गोठमा आगो सल्किएको स्थानियले देखेपछि आचार्यले आगलागी भएको चाल पाएका थिए । आचार्यको गोठमा आगलाी भएपछि दमकल र स्थानियको सक्रियतामा आगो नियन्त्रणमा लिइएको स्थानिय जीवन दाहालले तराई पोष्टलाई जानकारी दिनु भयो । विद्युतीय तार सट भएर गोठमा आगलागी हुन सक्ने स्थानियले अनुमान गरेका छन तर कसरी आगलागी भयो त्यसको एकिन भने हुन सकेको छैन । सो आगलागीका कारण आचार्यको गोठ पुर्ण रुपमा नष्ट भएको जनाएको छ । स्थानियले पशु चौपाया लगायत अन्य कुनै पनि क्षति भने नभएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ ।

