तीन वर्षदेखि सञ्चालनविहीन राजदेवीको १५ शय्याको अस्पताल, स्वास्थ्य सेवा नपाउँदा स्थानीय मारमा

रौतहट १७ साउन
राजदेवी नगरपालिकामा तीन वर्षअघि निर्माण सम्पन्न भएको १५ शय्याको अस्पताल भवन अझै सञ्चालनमा आउन नसक्दा स्थानीयवासी आधारभूत स्वास्थ्य सेवाबाट वञ्चित भएका छन् । अस्पताल सञ्चालन नहुँदा सामान्य उपचारका लागि समेत बिरामीले टाढाका स्वास्थ्य संस्थामा धाउनुपर्ने बाध्यता रहेको स्थानीयको गुनासो छ ।
स्थानीयका अनुसार अस्पताल भवन निर्माण सम्पन्न भए पनि आवश्यक जनशक्ति, उपकरण र व्यवस्थापनको अभावका कारण सेवा सञ्चालन हुन सकेको छैन । यसले नगरपालिकावासीलाई सहज र गुणस्तरीय स्वास्थ्य सेवा पाउने संवैधानिक अधिकारबाट समेत वञ्चित गरेको उनीहरूको भनाइ छ । यस्तै, अस्पतालका लागि नेपाल सरकारले विनियोजन गरेको भनिएको करिब १ करोड रुपैयाँ बराबरको स्वास्थ्य सामग्री खरिद प्रक्रियाबारे पनि स्थानीयले पारदर्शी जानकारी सार्वजनिक गर्न माग गरेका छन्। उक्त बजेट र सामग्री खरिद सम्बन्धमा निष्पक्ष छानबिन गरी यथार्थ सार्वजनिक गर्न सम्बन्धित निकायसँग उनीहरूले आग्रह गरेका छन् । स्थानीयवासीले अस्पताल तत्काल सञ्चालनमा ल्याई आवश्यक चिकित्सक, स्वास्थ्यकर्मी, औषधि तथा उपकरणको व्यवस्था गरी प्रभावकारी र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन सम्बन्धित निकायसँग जोडदार माग गरेका छन् ।

ताजा समाचार

Related Articles