काठमाण्डौं,४ कार्तिक । छुट्टाछुट्टै सवारी दुर्घटना, ६ जनाको मृत्यु भएको छ। टोखा नगरपालिका–११ गणेशस्थान नजिक सडकमा बा।३ ख ७१८० नम्बरको ट्याङकरको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ६० वर्षीया फुलमाँया गुरूङको शुक्रबार दिउँसो मृत्यु भएको छ। ठक्करबाट गम्भीर घाइते भएकी उनको शिक्षण अस्पताल महाराजगंजमा उपचारको क्रममा मृत्यु भएको हो। ट्याङकर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
कैलाली, बर्दगोरिया गाउँपालिका(२ स्थित सडकमा बा।७८ प ३६४६ नम्बरको मोटरसाइकलको ठक्करबाट साइकलयात्री जोशीपुर गाउँपालिका(४ हस्नापुर बस्ने ३६ वर्षीय डाटा प्रसाद चौधरीको शुक्रबार राति मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको बर्दगोरिया अस्पताल बौनिया हुँदै निसर्ग अस्पताल धनगढीमा थप उपचारको क्रममा मृत्यु भएको हो। मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
मकवानपुर, भिमफेदी गाउँपालिका(१ बाघझोरास्थित सडकमा भैसेबाट हेटौंडातर्फ जादै गरेको ना।१७ प २१८९ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित शुक्रबार राति दुर्घटना हुँदा चालक भिमफेदी गाउँपालिका(१ बैकरोड बस्ने ३४ वर्षीय सुमिन लामाको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको हेटौंडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ।
बर्दिया, बडैयाताल गाउँपालिका-३ तमौलिपुरस्थित सडकमा भे-११ प १३०५ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ४२ वर्षीय मान बहादुर थारूको शुक्रबार राति मृत्यु भएको छ। ठक्करबाट गम्भीर घाइते भएका उनको नर्सिंङहोम नेपालगंजमा उपचारको क्रममा मृत्यु भएको हो। मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
सप्तरी, विष्णुपुर गाउँपालिका-१ जमुनीस्थित सडकमा राजविराजबाट पत्थरगाढातर्फ जाँदै गरेको स।१० प ४७२ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई शुक्रबार राति दुर्घटना हुँदा चालक बोदेबर्साईन नगरपालिका-१ धनदगढी बस्ने ३५ वर्षीय रेमन्त साहको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको गजेन्द्र नारायण सिंह अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो।
बाजुरा, बडिमालीका नगरपालिका-६ जडङगामा बल्देबाट मार्तडीतर्फ आउँदै गरेको सु.प.प्र.०१–००१ त ६८२६ नम्बरको ट्याक्टर शनिबार दिउँसो दुर्घटना हुँदा ट्याक्टरमा सवार सोही नगरपालिका-६ बस्ने ३६ वर्षीय बहादुर दानीको घट्नास्थलमै मृत्यु भएको छ।

