श्रद्धाञ्जलीमा भावुक बने तामाङ समुदाय — समाजसेवी धन बहादुर थिङको स्मृतिमा कार्यक्रम सम्पन्न

रौतहट १९ बैशाष
नेपाल तामाङ समुदायका एक सक्रिय अभियन्ता तथा समाजसेवी धनबहादुर थिङको असामयिक निधनपछि उनको स्मृतिमा श्रद्धाञ्जली कार्यक्रम सम्पन्न गरिएको छ । शनिबार नेपाल तामाङ घेदुङ रौतहट र चन्द्रपुर नगर घेदुङको संयुक्त आयोजनामा स्वर्गीय थिङकै निवास पुगेर श्रद्धाञ्जली अर्पण गरिएको हो । २०७७ साल साउन १ गते जन्मिएका थिङको गत वैशाख ६ गते निधन भएको थियो । उनको निधनले तामाङ समुदाय मात्र नभई समग्र समाजमै ठूलो क्षति पुगेको सहभागीहरूले बताएका छन् ।


कार्यक्रममा नेपाल तामाङ घेदुङका केन्द्रीय सदस्य रामबहादुर घलान, मधेश प्रदेशका पूर्व अध्यक्ष यमलाल गोले, प्रदेश घेदुङका मुख्य सचिव बालकुमार लामा, जिल्ला सचिव भुवलबहादुर वाइबा लगायत विभिन्न तहका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो । त्यसैगरी, चन्द्रपुर नगर घेदुङका अध्यक्ष उपेन्द्र गोले, वडा नं. १ का अध्यक्ष सोम बोम्जन, सल्लाहकार सूर्य वाइबा, सुकुन्द्र गोले लगायत तामाङ अभियन्ताहरूले स्वर्गीय थिङप्रति श्रद्धाञ्जली व्यक्त गर्दै उनको योगदानको स्मरण गरेका थिए । उपस्थित वक्ताहरूले थिङको सामाजिक सेवा, समुदायप्रतिको समर्पण र नेतृत्व क्षमताको चर्चा गर्दै उनको अधूरो अभियानलाई अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

ताजा समाचार

Related Articles