राैतहटमा टिपर अनियन्त्रित , बिजुलीकाे पाेलमा ठक्कर दिदा ५ वटा पोल भाँचिए

रौतहट २ चैत्र
रौतहटको गढीमाई नगरपालिका–८ बिरनगर टोलमा टिपर अनियन्त्रित हुँदा ५ वटा बिजुलीका पोल भाँचिएका छन्।
आइतबार साँझ करिब ६:००–७:०० बजेको समयमा दक्षिण दिशाबाट आउँदै गरेको म.प्र. ०३–००१ क २७६८ नम्बरको टिपर अचानक अनियन्त्रित भई सडक किनारमा रहेका बिजुलीका पोलमा ठोक्किएको थियो । ठक्करका कारण लगातार पाँच वटा पोल भाँचिएको स्थानीयले बताएका छन् ।घटनामा कुनै मानवीय क्षति नभए पनि विद्युत् संरचनामा क्षति पुगेको छ । दुर्घटनामा संलग्न टिपर र चालकलाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय गरूडाले आवश्यक अनुसन्धान अगाडि बढाएको जानकारी दिएको छ ।

ताजा समाचार

Related Articles