दर्शन गर्न मन्दिर गएकी महिलाको एक लाख लुटियो

जनकपुर । जनकपुरको प्रसिद्ध शक्तिपीठ राजदेवी मन्दिरबाट एक महिलाको रकम लुटिएको छ।

सोमबार दिउँसो करिब ३ बजेको समयमा राजदेवी मन्दिरमा दर्शन एवम् घुमघामका लागि आएकी ती महिलाको ब्यागसहित एक लाख रुपैयाँ पाकेटमारले लुटेर लगेका छन्।

धनुषाको हंसपुर नगरपालिका वडा नम्बर(९ भतही बस्ने आशा मण्डल दर्शन गर्नका लागि जनकपुर आएकी थिइन्। सोही क्रममा उनको रकम लुटिएको हो।

उक्त घटनाबारे जिल्ला प्रहरी कार्यालय धनुषाले अनभिज्ञता जनाएको छ भने आयोजक समितिका राकेशविक्रम साहले घटनाबारे जानकारी भएको बताए। साहले सिसिटिभीमार्फत यथार्थ भन्न सकिने पनि बताए।

सोही क्रममा महावीर युवा कमिटीका अध्यक्ष अजय गुप्ताले भने राजदेवी पूजन समितिले मन्दिर आउँदा बहुमूल्य गरगहना, भारी रकम बोकेर नआउन आग्रह गर्दै आएको थियो।

ताजा समाचार

Related Articles