मेष
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) साथीभाई तथा दाजुभाइसँगको सम्पर्क बढ्ने देखिन्छ । बिर्सिएका योजना फेरि मनमा आउन सक्छन् । बोली र विचारको प्रभाव आज बढी पर्नेछ त्यसैले सोचेर बोल्नु उपयुक्त हुनेछ । दैनिकी काममा सक्रियता बढ्ने दिन हो । आजको शुभ रंग रातो हो भने शुभ अंक ९ रहेको छ ।
मिथुन
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आफ्नो बोली सोच र निर्णयको प्रभाव आज स्पष्ट देखिनेछ । नसोचेको ठाउँबाट राम्रो समाचार आउन सक्छ । ध्यान केन्द्रित गरेर गरिएका काम सफल हुने संकेत छन । आत्मविश्वास बलियो रहने दिन छ । आजको शुभ रंग निलो हो भने शुभ अंक ५ रहेको छ ।
सिंह
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) साथीभाइ वा सामाजिक घेराबाट सहयोग मिल्ने देखिन्छ । सामूहिक काममा सहभागिता बढ्नेछ । पद प्रतिष्ठासम्बन्धी कुरा उठ्न सक्छ । बोलीमा आकर्षण रहने दिन हो । आजरो शुभ रंग गुलाबी हो भने शुभ अंक १ रहेको छ ।
तुला
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) भाग्य र प्रयास दुवै सँगसँगै चल्ने दिन हो । गुरुजन वा अनुभवी व्यक्तिको सुझाव उपयोगी हुनेछ । काम ढिलो भए पनि अन्ततः सन्तोषजनक नतिजा आउनेछ । कार्यमा सन्तुलन कायम राख्नु राम्रो रहनेछ । आजको शुभ रंग सेतो हो भने शुभ अंक ६ रहेको छ ।
धनु
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) सम्बन्ध र साझेदारीका विषय सक्रिय रहनेछन्। कुरा स्पष्ट राख्दा गलत बुझाइ टार्न सकिन्छ । भावनाभन्दा व्यावहारिक सोच उपयोगी हुनेछ । नयाँ सोचको विकास हुन सक्छ । आजको शुभ रंग पहेलो हो भने शुभ अंक ३ रहेको छ ।
कुम्भ
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) भावनात्मक कुरा अलि हावी हुन सक्छन । प्रेम वा सन्तानसम्बन्धी विषयले ध्यान खिच्न सक्छ । बोली र व्यवहारमा संयम आवश्यक रहनेछ । जोखिमपूर्ण काम आज टार्नु उपयुक्त र लाभदायक रहला। आजको शुभ रंग नीलो हो भने शुभ अंक ४ रहेको छ ।
बृष
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आर्थिक कुराले ध्यान खिच्न सक्छ । खर्च र आम्दानी दुवै पक्ष चलायमान देखिन्छ । घरपरिवारसँग सम्बन्धित जिम्मेवारीले अलि सोच्न बाध्य पार्न सक्छ । संयमित व्यवहारले सन्तुलन कायम रहनेछ । आजको शुभ रंग पहेलो हो भने शुभ अंक ६ रहेको छ ।
कर्कट
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) धर्म कर्ममा मन जानेछ। पुराना सम्झना वा सपना मनमा घुमिरहन सक्छन् । एकान्तमा काम गर्दा सजिलो हुनेछ। अनावश्यक चिन्ता नगरी आफ्नो गतिमा अघि बढ्नु राम्रो । आजको शुभ रंग हरियो हो भने शुभ अंक २ रहेको छ ।
कन्या
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) कामको चाप र जिम्मेवारी बढ्न सक्छ। धेरै कुरा सम्हाल्न खोज्दा थकान महसुस हुन सक्छ । धैर्य राखेर अघि बढ्दा स्थिती नियन्त्रणमा रहनेछ । स्वास्थ्यमा ध्यान दिनु आवश्यक छ । आजको शुभ रंग हरियो हो भने शुभ अंक ५ रहेको छ ।
बृश्चिक
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) कार्यक्षेत्रमा अड्किएका काम अघि बढ्ने संकेत छन् । जिम्मेवारी बढे पनि आत्मबल कमजोर हुने छैन । आफ्नो सोचमा विश्वास गर्दा राम्रो निर्णय लिन सकिने दिन हो । मान सम्मानमा सुधार देखिन सक्छ । आजको शुभ रंग कलेजी हो भने शुभ अंक ९ रहेको छ ।
मकर
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) घरपरिवारसम्बन्धी जिम्मेवारीले अलि तनाव दिन सक्छ । पुराना कुरा मनमा अल्झिरहन सक्छन् । ठूला निर्णय आज नगर्नु राम्रो । संयमता अपनाउँदा स्थिती सहज बन्दै जानेछ । आजको शुभ रंग खैरो हो भने शुभ अंक ८ रहेको छ ।
मीन
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) खर्च र पारिवारिक जिम्मेवारी एकैसाथ देखिन सक्छ । नसोचेको ठाउँबाट सूचना आउन सक्छ । आफ्नो सोचलाई व्यवस्थित गर्दा काम सहज हुनेछ । मानसिक शान्तिमा ध्यान दिनु होला । आजको शुभ रंग पहेलो हो भने शुभ अंक ७ रहेको छ ।

