रौतहट २९ असोज
रौतहटको चन्द्रपुर नरपालिकाको वडा नम्बर १ मंगलपुरमा आदिवासी जनजाती लक्षित ३ महिने सिलाई कटाई तालिम सम्पन्न भएको छ । चन्द्रपुर नरपालिकाको आर्थिक सहयोग र पर्यटकिय चन्द्रपुर विकास समिति रौतहटको आयोजनामा सो ३ महिले तालिम सोमबार सम्पन्न भएको आयोजक संस्थाका अध्यक्ष राजेन्द्र श्रेष्ठले जानकारी दिनु भयो । सो ३ महिने तालिम स्थानिय महिला सामुदायिक भवनमा सम्पन्न गरिएको हो । आदिवासी जनजाती युवाहरुलाई सीप सिकाई आत्मनिर्भर बनाउने उदेश्यका साथ सञ्चालनमा ल्याइएको नगर प्रमुख संजय काफ्लेले बताउनु भएको छ । सोमबार सम्पन्न समापन कार्यक्रममा नगर प्रमुख काफ्लेको प्रमुख आतिथ्यता र वडा अध्यक्ष बलराम राउतको विशिष्ट अतिथ्यता रहेको थियो । आयोजक संस्थाका अध्यक्ष् राजेन्द्र श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रममा तालिममा सहभागी ५२ जना प्रशिक्षार्थीहरुलाई प्रमाण पत्र समेत वितरण गरिएको थियो । ३ महिना सिकेको सिपलाई आफ्नो जीवन निर्वाहमा टेवा पुर्याउन सिलाई मेसिनसमेत सहभाीहरुलाई हस्तान्तरण गरिएको नगरपालिकाले जनाएको छ ।

