रौतहटको चन्द्रनिगाहपुरमा साहित्यसंग जेसिज कार्यक्रम सम्पन्न

रौतहट २८ असोज
रौतहटको चन्द्रनिगाहपुरमाआइतबार साहित्यसंग जेसिज कार्यक्रम सम्पन्न भएको छ । रौतहटको चन्द्रपुर नरपालिकाको वडा नम्बर ४ स्थित होटल ए.एन प्लाजामा सम्पन्न सो कार्यक्रममा प्रख्यात कवि मनु मञ्जिल र गजलकार प्रदिप रोदनको प्रस्तुति दिएका थिए । चन्द्रपुर नरपालिकाको सहयोग र सिटी जेसिज चन्द्रनिाहपुरको आयोजनामा सो साहित्यिक कार्यक्रम सम्पन्न भएको सिटी जेसिज चन्द्रनिगाहपुरले जनाएको छ । लामो समयदेखि चन्द्रनिगाहपुरमा साहित्यिक कार्यक्रम नभएकाले जेसिजले साहित्यिक कार्यक्रमको आयोजना गरिएको चन्द्रनिगाहपुर सिटी जेसिजका अध्यक्ष चिरन्जीवी गौतमले बताउनु भयो । विगतका दिनहरुमा जेसिजले विभिन्न कार्यक्रमहरु सम्पन्न गरिसकेको छ ।

ताजा समाचार

Related Articles