रौतहटमा ४ मोटरसाइकलसहित २२ बोरा युरिया मल बरामद

रौतहट, ८ मंसिर ।  भारतबाट भन्सार छली गरी रौतहटको गुजरा नगरपालिकाको मैरा हुँदै चन्द्रनिगाहपुरतर्फ ल्याइँदै गरिएको २२ बोरा रासायनिक मल प्रहरीले बरामद गरेको छ । सोमबार बिहान गुजरा नगरपालिका–५ रंगपुरस्थित प्रहरी चौकीबाट प्रहरी सहायक निरीक्षक जीवनराम धितालको कमाण्डमा खटिएको टोलीले सो मल बरामद गरेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जानकारी दिएको छ ।
प्रहरीका अनुसार मल ढुवानीका लागि प्रयोग गरिएका ना.२४ प.६२३२, BR300N 2752, BR33Y5302 र BR05N 8983 नम्बरका चारवटा मोटरसाइकल समेत नियन्त्रणमा लिइएको छ । अहिले बरामद गरिएको मल तथा मोटरसाइकल इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरमा ल्याएर आवश्यक अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।
मोटरसाइकल चालकहरु भने प्रहरीले देख्नासाथ स्थानबाट फरार हुनुभेको छ । उहाँहरूको पहिचान तथा खोजी कार्य जारी रहेको प्रहरीको भनाइ छ।

ताजा समाचार

Related Articles