रौतहटको एक विद्यालयमा चोरी

रौतहट ६ भाद्र
रौतहटको एक बिद्यालयमा गएराती चोरी भएको छ । रौतहटको फतुवा विजयपुर नगरपालिकाको वडा नम्बर ३ स्थित आधारभूत विद्यालय मेवामा बिहीबार राति अज्ञात समूहले स्कुलको ताला फोडेर चोरी गरेको विद्यालयले जनाएको छ । चोरले सो विद्यालयको स्टोर र गेटको ताला फोडेर ग्यास चुल्हो, सिलिन्डर, तेल–मसला, बाल्टिन, कुर्सी, इन्टरनेट राउटर, नेपाली शब्दकोश तथा विद्यार्थीहरूलाई हातखुट्टा धुने ५० भन्दा बढी साबुन लगायतका सामग्री चोरी भएको विद्यालयका प्रधानाध्यापक रामजनम महतोले बताउनु भयो । चोरी भएका सामानहरू प्रायः दिवा–खाजाका लागि ल्याइएको सामग्री रहेको विद्यालयका प्रधानाध्यापक रामजनम महतो कहारले बताउनु भयो । अस्थायी प्रहरी चौकी मेवाले रड प्रयोग गरी ताला तोडेर चोरी भएको पुष्टि गरेको छ । शुक्रबार बिहान सफाइका लागि विद्यालय पुगेका कर्मचारी राजेश पटेलले ताला फोडिएको देखेपछि चोरी भएको थाहा भएको बताएका हुन । चोरीमा संलग्न व्यक्तिको पहिचान नभएको र खोजी कार्य भइरहेको अस्थायी प्रहरी चौकी मेवाका असई संजय रामले तराई पोष्टलाई जानकारी दिनु भयो ।

ताजा समाचार

Related Articles