राैतहटकाे गाैरमा छुरा प्रहारबाट एककाे मृत्यु

राैतहट ४ भाद्र
राैतहट बुधबार छुरा प्रहरबाट एक युवककाे मृत्यु भएकाे छ । बुधबार राैतहटकाे गाैर नगरपालिकाकाे वडा नम्बर ५ गाैरी शंकर क्याम्पस क्षेत्रमा बर्ष १८ का एक युवकलाई छुरा प्रहार गरेकाे हाे । छुरा कसले किन प्रहार गरेकाे हाे त्यसकाे विस्तृत विवरण नभएपनि प्रहरीले छुरा प्रहार गरेकाे आराेपमा गाैर वडा नम्बर ३ का सनाेज रामलाई नियन्त्रणमा लिइएकाे जिल्ला प्रहरी कार्यालय राैतहटले जनाएकाे छ । मृत्यु भएका युवकको हालसम्म पहिचान खुल्न  नसकेकाे र घटनाबारे विस्तृत अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय राैतहटले जनाएको छ ।

ताजा समाचार

Related Articles