जनमत पार्टी अध्यक्ष डाक्टर सिके राउट दलालको नाईके : कांग्रेस प्रचार प्रमुख गुप्ता

रौतहट, १५ असार । नेपाली कांग्रेस मधेस प्रदेश कृष्ण प्रसाद यादवको मिलेमतोमा योजनाको बिक्री कमिसन विषय भ्रामक खबरप्रती कांग्रेस मधेस प्रदेश प्रचारप्रसार विभागको गम्भीर ध्यानाकर्षण भएको छ।

कांग्रेसका मधेश प्रदेश सभापति माननीय कृष्ण प्रसाद यादव र मधेशका अर्थ मन्त्री र मुख्यसचिव सन्तु प्रसाद यादबलाई बद्नाम एवं नाम जोडेर चरित्रहत्या गर्ने उदेश्यका साथ विभिन्न संचार माध्यम आएको समाचारमा कुनै सत्यता नरहेको जानकारी गराउनु भयो ।

नेपाली कांग्रेसका मन्त्री र कांग्रेस सभापति नेताहरुले गरेको एकपछि अर्को लोकप्रिय बजेट विनियोजनको कार्यले आत्तिएका र हतिसाहित भएका विकास विरोधी षड्यन्त्रकारी तत्वहरू नेपाली कांग्रेस संग प्रतिस्पर्धा गर्न नसकी गलत, भ्रामक, कपोकल्पित एवं झुठा प्रचारबाजी गरी , भ्रम सृजना गरि सस्तो लोकप्रियता कमाउन जनतम पार्टी अध्यक्ष सिके राउट लगेको देखिन्छ ।

कांग्रेसको नेताहरुले मधेश प्रदेशमा विकास निर्माणको कार्यलाई तीब्रता दिदाँ केही विकास विरोधी तत्वहरूको निद्रा नै हराम भएको छ। कांग्रेसलाई बद्नाम गर्न पुरै शक्ति लगाएका छन् ।

यस्ता भ्रामक र गलत अफ्वाहको पछाडि नलाग्न सबैलाई अनुरोध गरेका छन ।

अधार हिन आरोप लगाई जनतालाई भ्रमित गर्ने तथा कांग्रेसको नेताहरुको चरित्र हत्या गर्ने योजना सहित अध्यक्ष सिके राउट लागि परेको प्रष्ट भएको छ । मधेसी जनतालाई ठग्ने कार्य मात्रै गरेको विभिन विचौलियालाई प्ररिचालन गरि मुख्यमन्त्री मार्फत ७% कमिसन लिई योजनाहरु आफ्नो मन्त्री मार्फत समावेस गरेको हुँदा कानुन बमोजिम छानबिन समिती गठन गरि कार्वाही दलालको नाईके सिके राउटलाई कार्वाही गर्न मधेस प्रदेश प्रचारप्रसार प्रमुख नितेश कुमार गुप्ताले माग गर्नु भएको छ ।

सामाजिक सञ्जालमा गलत डाक्टर  राउटको सचिवालय गरि पोस्ट सस्तो लोकप्रियता कमाउनलाई माननीय कृष्ण प्रसाद यादबलाई बदनाम गराउन लागि रहेकोे आरोप प्रचार प्रमुख गुप्ताले लगाउनु भयो ।

ताजा समाचार

Related Articles