राैतहट कटहरियाका नगर प्रमुखले कुटे पत्रकार

राैतहट २९ जेठ
राैतहटमा एक नगर प्रमुखले पत्रकारलाई विहिबार कुटपिट गरेकाे छ ।  रौतहटको कटहरिया नगरपालिकाका नगर  प्रमुख अजय प्रकाश जयसवाललले पत्रकारमाथि कुटपिट गरेका हुन । रौतहटको कटहरियामा  सञ्चालित कटहरिया म्यूजिकल एफ एमका समाचार बाचक एवम सागर संगम मिडिया प्रालीका अध्यक्ष  सागर संगम ठाकुर र पत्रकार रबिन्द्र प्रजापतीलाई नगर प्रमुख अजय प्रकाश जयसवालले कुटिपट गरेकाे पत्रकार रबिन्द्र प्रजापतिले बताएका छन ।  कटहरिया खानेपानीको बारेमा समाजिक सञ्जालमा समाचार र स्टेटस लेखेको भन्दै बिहीवार अपरान्ह कटहरिया नगरपालिकाको नगर प्रमुख अजय प्रकाश जयसवालले  त्रिशक्ति बोर्डिङ स्कुलको प्राङ्गणमा छलफलको लागि बोलाएर कुटपिट भएको घाइते पत्रकार सागर संगम ठाकुरले बताउनु भयाे । साे  घटनाको  राैतहटका पत्रकार संगठनहरुले घोर भर्सना गर्दै दोषीमाथि काँडाभन्दा कडा कारबाहीको माग गरेकाे छ । घाईते पत्रकार ठाकुरकाे गरुडामा रहेको बेटर मल्टीस्पसलिस्टि हस्पिटलमा उपचाररत रहेको बताइएकाे छ ।  कटहरिया म्युजिकल एफएमकै पत्रकार रविन्द्र प्रजापतिले लेखेको  स्टाटसमा ठाकुरले कमेन्ट गरेका थिए । त्यही कमेन्टलाई आधार बनाएर नगर प्रमुख प्रकाशले दुवै पत्रकारलाई स्कुलमा बोलाएका थिए । तर स्कुलमा पुगी प्रजापतिलाई नछोई ठाकुरमाथि मात्रै आक्रमण गरेकाे बताइएकाे छ । ठाकुरमाथि कुटपिट गर्ने क्रममा नगर प्रमुखसँगै आएका अन्य व्यक्तिहरूले समेत हातपात गरेको पत्रकार प्रजापतिले बताउनु भएकाे छ । कुटपिट मात्रै नभई नगर प्रमुख अजय प्रकाशले पत्रकार रविन्द्र प्रजापतिलाई जथाभावी अपशब्द प्रयोग गरेर गालीगाैलज गरेका थिए । नगर प्रमुख  प्रकाशले पत्रकारमाथि आक्रोश देखाएर कुटपिट गरेकाे याे दाेस्राे पटक हाे । यसअघि कटहरियास्थित चिनी मिलमा किसानहरू उखुको तौलमा ठगिएको भन्ने बिषयमा समाचार संकलन गर्न गएका पत्रकार कृष्ण तिवारीमाथि पनि नगर प्रमुख जयसवालले हातपात गरेका थिए । लगातार पत्रकारमाथि आक्रमण भइरहेकाले प्रेस चौतारी नेपाल रौतहटले घटनामा संलग्न नगर प्रमुख अजय प्रकाशलाई तत्काल कानुनी कारबाही गर्न माग गरेको छ । संस्थाले प्रेस स्वतन्त्रतामाथि भएको यो अमानवीय हमला र बर्बरताको गम्भीर विरोध जनाउँदै दोषीलाई कानुनी कठघरामा ल्याउन आग्रह गरेको छ । यस्ता घटनाले पत्रकारिताको पवित्र धर्मलाई चुनौती दिन थालेको पत्रकार महासंघ रौतहटको पनि ठहर गरेकाे छ ।

ताजा समाचार

Related Articles