चन्द्रनिगाहपुरबाट मोटरसाईकल सहित २ जना पक्राउ

राैतहट ५ बैशाष
चन्द्रनिगाहपुरकाे बालचनपुरबाट चाेरीकाे माेटरसाइकलसहित २ जना पक्राउ परेकाे छ । राैतहटकाे चन्द्रपुर नगरपालिकाकाे वडा नम्बर १० बालचनपुर चाेककाे पश्चिम किनाराबाट गरुडा-४  बर्ष २० का आशुताेष कुमार साह र साेही स्थानका बर्ष १९ का जयराम साह कलवारलाई प्रहरीले बुधबार पक्राउ गरि शुक्रबार सार्वजनिक गरेकाे छ । गत बैशाष ३ गते बुधबारका दिन ईलाका प्रहरी कार्यालय डुमरियाबाट खटिएको प्रहरी गस्ती टोलीले रौतहट चन्द्रपुर नगरपालिकाकाे वडा नम्बर १० बालचनपुरचोक नजिक पश्चिम किनारमा २ जना पुरूष व्यक्ति निलो रंगको अपाचे मोटरसाईकल सहित शंकास्पद अवस्थामा बसेको स्थानमा पुगी नाम थर, ठेगाना सोधपुछ गरेकाे थियाे ।  साे क्रममा गरूडा नगरपालिकाकाे वडा नम्बर  ४ बस्ने आशुतोष कुमार साह र जयराम साह कलवारसंग रहेको मोटरसाईकल नम्वर BR30A 8033 र ईन्जिन नं MD634AE8XM2B 14650 च्यासिस नम्बर AE8BM 2114289 भएको TVS कम्पनी १६० CC को मोटरसाईकलको सवारी दर्ता,भन्सार समेतका कागजातहरू माग गर्दा नभएको बताएका थिए ।  निजहरूलाई सोही स्थानबाट ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरमा ल्याई अनुसन्धान गरेका थिए । अनुसन्धानकाे क्रममा मोटरसाईकल चोरी गरि ल्याएको पुष्टि भएकोले थप कारवाहीका लागि जिल्ला अदालत राैतहटबाट  म्याद थप गरी थप अनुसन्धान भई रहेको जिल्ला प्रहरी कार्यालय राैतहटले जनाएकाे छ ।

ताजा समाचार

Related Articles