कुलमानसँग प्रचण्डले टिआरसी साटेको ज्ञानेन्द्र शाहीको आरोप

काठमाडौ ११ चैत
राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता ज्ञानेन्द्र बहादुर शाहीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड माथी गम्भिर आरोप लगाएका छन । सोमबार साझ सम्पन्न मन्त्रीपरिषद बैठकले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटाएर हितेन्द्र शाक्य नियुक्त गरे पछि शाहीले सो आरोप लगाएका हुन । शाहीले सामाजिक सञ्जालमार्फत ब्यंग्य गर्दै भनेका छन कमरेड प्रचण्ड सारै बाठा छन , टिआरसीसँग कुलमान पो साटे छन । शाहीले अझ थप्दै सोमबार बसेको ३ दलका शिर्ष नेताले गोप्य बैठकमा के गरे भनेको त कुलमान हटाउने र गैर न्यायिक रुपमा हत्या गरिएका र मानव अधिकारको गम्भिर उल्लङ्घन गरिएका घटनामा माओवादीलाई सरकारले पक्राउ नगर्ने, मुद्दा नचलाउने टिआारसी विधेक हुँबहु पास गराउने सहमती पो भएछ बधाई कमरेड प्रचण्ड लेखेका छन । मन्त्रीपरिषद बैठक अघि प्रचण्ड सहित प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा लगायत शिर्ष ७ जनाको बैठक बसेको थियो । जसले संक्रमनाकालिन न्याय सबन्धी बिबाद टुग्याउनका लागि ‘सर्च कमिटि बनाउने सहमति गर्दै नयाँ सिफारिस समिति तत्काल बनाएर प्रकिया अघि बढाउने निर्णय गरेको थियो । सो बैठक लगत्तै बसेको मन्त्रिपरिषद बैठकले कुलमान घिसिङलाइ पदमुक्त गर्ने निर्णय लिएको हो । घिसिङको स्थानमा हितेन्द्र शाक्य नियुक्त भएका छन ।

ताजा समाचार

Related Articles