राैतहट ८ चैत्र
चन्द्रनिगाहपुरका सुरक्षाकर्मीहरुकाे शनिबार स्वास्थ्य परिक्षण गरिएकाे छ । राैतहटकाे चन्द्रपुर नगरपालिकाकाे वडा नम्बर ४ स्थित चन्द्रपुर अस्पताल प्रालीले ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरमा कार्यरत प्रहरी जवानहरकाे कार्यालय परिसरमा नै स्वास्थ्य सिविर सञ्चालन गरि स्वास्थ्य चेकजाच शनिबार सम्पन्न गरिएकाे अस्पतालका डाक्टर सुवास चाैधरीले तराई पाेष्टलाई जानकारी दिनु भयाे । शनिबार बिहान ०८:१० बजेबाट प्रहरी कर्मचारीहरूको स्वास्थ्य परीक्षण कार्यक्रम आयोजना गरिएकाे चाैधरीले बताउनु भयाे। साे क्रममा रक्तचाप (प्रेशर), रक्तमा चिनीको मात्रा (सुगर), तौल सूचकांक (BMI) लगायतका स्वास्थ्य जाँचहरू गरिएकाे अस्पतालले जनाएकाे छ । चेकजाच पश्चात आवश्यकता अनुसार औषधिहरू निःशुल्क वितरण गरिएकाे डाक्टर चाैधरीले बताउनु भयाे । प्रहरी कर्मचारीहरू समाजको शान्ति, सुरक्षा र सुव्यवस्थाका लागि अहोरात्र खटिरहनु पर्ने भएकाले स्वास्थ्य परिक्षणकाे आवश्यकता रहने स्वास्थ्यकर्मीले बताएका छन । निरन्तरको ड्युटी, शारीरिक तथा मानसिक तनावका कारण प्रहरी कर्मचारीहरूको स्वास्थ्यमा असर पर्ने सम्भावना रहने हुदा अस्पतालले शनिबार कार्यालयमा नै पुगेर स्वास्थ्य चेकजाच गरेकाे चन्द्रपुर अस्पताल प्रालीका डाक्टर सुवास चाैधरीले बताउनु भयाे ।


