राैतहट २० पुस
राैतहटमा शनिबार अबैध घरेलु मदिरा सहित मदिरा बनाउन प्रयाेग हुने कच्चा पदार्थ बरामत गरि नष्ट गरेकाे छ । राैतहटकाे गाैर नगरपालिकाकाे वडा नम्बर ५ का विभिन्न स्थानमा लुकाईछिपाई सञ्चालन भइरहेका ३ नवटा अवैध मदिरा भट्टीमा विशेष सूचनाको आधारमा प्रहरीले छापा मारेको जिल्ला प्रहरी कार्यालय राैतहटले जनाएकाे छ । साेहि क्रममा ठूलो परिमाणमा घरेलु मदिरा, कच्चा पदार्थ, र अन्य सामग्री नियन्त्रणमा लिइएको प्रहरीले जनाएकाे छ । साे बरामद सामग्रीहरू पत्रकारहरूको रोहबरमा नष्ट गरिएको प्रहरी निरीक्षक उमाशंकर गुप्ताले तराई पाेष्टलाई जानकारी दिनु भयो । प्रहरीले दिइएकाे जानकारी अनुसार बेच्न र तयारी अवस्थामा रहेको ७ सय लिटर घरेलु मदिरा , २८ सय लिटर कच्चा पदार्थ, मदिरा उत्पादनमा प्रयोग गरिएका सामग्रीहरुमा भाँडाकुँडा: ४ थान , डेक्ची: ८ थान , स्टिल बाल्टिन: ३ थान , ग्यास सिलिन्डर: ४ थान , ग्यास चुलो: ४ थान , प्लास्टिक , ग्यालन: १४० थान , प्लास्टिक बाल्टिन: १० थान बरामत गरिएकाे जनाइएकाे छ । प्रहरी निरीक्षक गुप्ताका अनुसार भट्टी सञ्चालकहरू प्रहरीको छापा लगत्तै भागेको र उनीहरूको खोजी कार्य जारी बताउनु भएकाे छ ।