उपेन्द्र गोले तामाङ
रौतहट ९ पुस
रौतहटका बन्द रहेका प्रमुख नाकाहरु सुचारु गर्न माग गर्दै रौतहट क्षेत्र नम्बर २ का संघिय सांसद किरण साहले माननीय अर्थमन्त्रिलाई मंगलबार ज्ञापन पत्र बुझाएका छन । सांसद किरण साहको सो ज्ञापन पत्र बुझाउदा तत्काल अर्थमन्त्रीले रौतहटका प्रमुख जिल्ला अधिकारीलाई फोन मार्फत बन्द रहेका नाकाहरु तत्काल सुचारु गर्न निर्देशन दिनु भएको सांसद किरण साहले तराई पोष्टलाई बताउनु भयो । रौतहटका प्रमुख जिल्ला अधिकारीलाई गृह सचिव र राजस्व सचिवसँग समन्वय गरी नाकाहरू पुनः सुचारु गर्न पहल गर्न निर्देशन दिनु भएको साहले बताउनु भयो । रौतहट सीमा नाकाहरु सुचारु भए नेपाल भारत सम्बन्ध व्यापार रोजगार समस्या समाधान हुने साहको भनाई रहेको छ ।
रौतहटका बन्द रहेका प्रमुख नाकाहरु सुचारुको माग गर्दै स्थानियले लामो समयदेखि माग गर्दै आइका छन । रौतहटका प्रमुख नाकाहरु बन्जरहा, औरैया, मनमोहनगेट (लतमरी),महुलिया,रामपुर खाप, र बंकुल नाकाहरू बन्द रहेका छन । जसले गर्दा स्थानियले समस्याको सामना गरिरहेका छन । र स्थानिय जनताको दैनिक जीवन, व्यापार, र नेपाल–भारतबीचको ऐतिहासिक बेटी–रोटी सम्बन्धलाई समेत प्रत्यक्ष प्रभाव परेको स्थानियले बताएका छन । स्थानिय नागरिकहरुको निरन्तर प्रयास गर्दा पनि हालसम्म कुनै सुनुवाई भएको छैन ।