राैतहट ७ पुस
चन्द्रनिगाहपुरका पत्रकार फणि देव महतलाई आर्थिक सहयाेग प्रदान गरिएकाे छ । राैतहटकाे चन्द्रपुर नगरपालिकाकाे वडा नम्बर ४ स्थायी घर भएका महत विगत केही बर्षदेखि ब्रेन ट्युमरबाट ग्रसित हुनु हुन्छ । आइतबार नेपाल पत्रकार महासंघ रौतहटका अध्यक्ष सञ्जय कार्कीको विशेष पहलमा चन्द्रपुर सुनचाँदी ब्यबसायी संघ र संघको निर्वाचनका लागि गठित समितिद्वारा पत्रकार फणी देब महतको उपचारका लागि नगद ३६ हजार रकम सहयाेग गरेकाे चन्द्रपुर सुनचादी ब्यवसायी संघले जनाएकाे छ । नेपाली काग्रेसका पूर्व प्रदेश सांसद् धनलाल ठोकरको सहभागीतामा नगर ३६ हजार सहयोग गरेकाे पत्रकार महासंघ राैतहटका अध्यक्ष सञ्जय कार्कीले बताउनु भयाे । पत्रका महतले सहयोगी मनका धनी सुनचादी व्यावसायी संघ प्रति आभार प्रकट गर्नु भएकाे थियाे । महतकाे उपचारका लागि विभिन्न ब्यक्ति तथा संस्थाहरुलाइ समेत पत्रकार महासंघ राैतहटले उपचार खर्च सहयाेग गरि दिन अपिल समेत गरेकाे छ ।