नेल्टा राैतहटकाे अध्यक्षमा शाक्य निर्वाचित

राैतहट १६ मंसिर
नेपाल अंग्रेजी भाषा शिक्षक संघ (नेल्टा) रौतहटकाे चाैथाे बार्षिक साधरण सभा शनिबार सम्पन्न भएकाे छ । राैतहट सभापति आशाराम साहको अध्यक्षता तथा चन्द्रपुर नगरपालिका शिक्षा शाखा प्रमुख दिपेन्द्र कुमार मण्डलको प्रमुख आतिथ्यतामा साे साधरण सभा मुनलाइट एकेडमी चन्द्रपुर रौतहटमा सम्पन्न भएकाे नेल्टाले जानकारी दिएकाे छ । साे साधारण सभाले पंचरत्न शाक्यको अध्यक्षतामा तीन वर्षका लागि नेपाल अंग्रेजी भाषा शिक्षक संघ (नेल्टा)रौतहट जिल्ला कार्य समिति सर्वसम्मतले चयन गरेको छ। जसमा उपाध्यक्ष जामुन प्रसाद यादव, सचिवमा उपेन्द्र राज काफ्ले उत्तम , सहसचिवमा सुरेन्द्र कुमार कर्ण, कोषाध्यक्षमा सियाराम साह, सदस्यहरूमा जनक नारायण चौधरी , कृष्णा चौधरी , संजय कुमार यादव, रुपक परियार, राजु कुमार यादव, कपिलदेव राय यादव , हेमन्त कुमार मिश्रा, शेख नसरे आलम चयन हुनु भएको नेल्टाका नव निर्वाचित अध्यक्ष शाक्यले बताउनु भयाे । कार्यक्रममा मधेस प्रदेश नेल्टा कमिटिका सभापति डा. बिनोद साहको बिशिस्ट आतिथ्यता रहेको थियो भने अतिथीमा अनिलकुमार निधि, सचिन्द्र प्रसाद यादव, श्याम किशोर चौधरी ,दिपक घिमिरे , नारायण बहादुर कार्की , किशोर पराजुली, रोशनी पौडेल रहनु भएको थियो। वार्षिक साधारण सभाकै अवसरमा बागमती प्रदेश नेल्टा कमिटिका वरिष्ठ उपाध्यक्ष किशोर पराजुली ले “classroom management and English as a better medium of Instruction ” शीर्षकमा 60 जना प्रशिक्षार्थीहरुलाइ सहजीकरण गर्नु भएको थियो । मुनलाइट एकेडेमीको सहकार्यमा नेल्टा रौतहटद्वारा आयोजना गरिएको साे कार्यक्रममा जन जागृति मा वि सिन्दुरेघारी , मध्य रौतहट बहुमुखी क्याम्पस गरुडा, जनता मा बी कटहरिया, जनप्रीय मा वि मैरा, गौरीशंकर क्याम्पस निजगढ, जेभियर ईन्स्टिच्युट गौर, होलिभिजन एकेडेमी सन्तपुर, नमुना बोर्डिङ स्कुल चन्द्रपुर, जन ज्योती बुक्स एन्ड स्टेसनरी चन्द्रपुर सहभागी भएकाे तथा अतिथिहरुलाइ स्टेसनरी , मायाको चिनो तथा खादा ब्यवस्थापनमा सहयोग गरिएकाे आयाेजकले जनाएकाे छ ।

ताजा समाचार

Related Articles