राैतहट १६ मंसिर
रौतहटमा पहिलाे पटक महिला नकआउट फुटबल प्रतियोगिता शनिबारबाट शुरु भएकाे छ । राैतहटकाे चन्द्रपुर नगरपालिका वडा नं. २ मा रहेको हात्तिदमार युवा क्लवको आयोजनामा साे प्रतियोगिता शुरु भएकाे हाे । शनिबार भएकाे उदघाटन खेलमा बागमती युवा क्लव सर्लाही विजयी भएको छ । उदघाटन खेलमा आयोजक हात्तिदमार युवा क्लवलाई बागमती युवा क्लवले पराजित गरेको हो । निर्धारित खेल समयभित्र बागमती युवा क्लवले ४ गोल गरेकाे थियाे भने हात्तिदमार युवा क्लवले सान्त्वना १ गोल गरेका थिए । बागमती युवा क्लवका बर्षा ओली साे खेलका म्यान अफ द म्याच घोषित भएकी थिइन । उहालाई चन्द्रपुर नगरपालिका वडा नं. २ का वडा अध्यक्ष दुत्त बहादुर थिङ(बुद्ध)ले नगद पुरस्कार , ट्रफी प्रदान गर्नु भएको थियो । वडामा हरेक खेलकुदलाई प्राथमिकता दिदै आएको भएपनि महिला फुटवलले गरेको प्रगतिले यसतर्फ लगानी अझ आवश्यक रहेको वडा अध्यक्ष थिङले बताउनु भयो । महिला फुटवललाई अझ व्यवस्थित गर्न आफु सवैंसंग सहकार्य गर्न तयार रहेको समेत थिङकाे भनाई रहेकाे थियाे । आइतवारको खेल रौतहट महिला फूटबल क्लव र निजगढ फूटबल क्लव बारा बिच हुने जनाइएकाे छ । प्रतियोगितामा विजेता टिमले नगद २०,००० ,मेडल र ट्रफि तथा उप विजेता टिमले नगद १०००० मेडल र ट्रफि प्राप्त गर्ने छन् भने हरेक बिधाका उत्कृष्ट खेलाडी लाई ट्रफि नगद १००० र प्रत्येक खेलमा म्यान अफ द म्याचलाई नगद १००० र ट्रफि प्रदान गरिने आयाेजकले जानकारी दिनु भएको छ ।

