चन्द्रनिगाहपुर लाेकतान्त्रिक तामाङ संघकाे नेतृत्व रुम्बालाई

राैतहट २ मंसिर
राैतहटकाे चन्द्रनिगाहपुरमा लोकतान्त्रिक तामाङ संघ नेपालकाे चन्द्रपुर नगर अधिबेसन शनिबार सम्पन्न भएकाे छ । साे अधिबेसनले  प्रेम बहादुर रुम्बाको अध्यक्षतामा १५ सदस्यीय नगर कमिटी गठन गर्दै सम्पन्न भएकाे मधेश प्रदेश कमिटिका सचिव बाल कुमार रुम्बाले तराई पाेष्टलाई बताउनु भयाे । शनिबार सम्पन्न अधिबेसनले उपाध्यक्षमा द्वय सन्त बहादुर वाईबा र  गोमा पाख्रीन ,  सचिव प्रकाश बोम्जन , उपसचिव धावा दोर्जे लामा , उपसचिव सोभितमान थिङ , कोषाध्यक्ष चिनीमाया मोक्तान सदस्यहरुमा कर्म वाईबा , इन्द्र गोङ्बा , शेरबहादुर बोम्जन , गोरखबहादुर दोङ , जीतबहादुर भोलन लगायतका निर्वाचित भएकाे रुम्बाले बताउनु भयाे । कार्यक्रममा लोकतान्त्रिक तामाङ संघ नेपालका केन्द्रिय उपाध्यक्ष एवम मधेस प्रदेश इन्चार्ज खड्गबहादुर बोम्जनको प्रमुख आतिथ्यता रहेकाे थियाे । त्यसैगरी पार्टीका प्रदेश कमिटी सदस्य वीरबहादुर गोले, लोकतान्त्रिक आदिवासी जनजाति महासंघ नेपालका प्रदेश कमिटी सचिव नरेन्द्रबहादुर राना, लोकतान्त्रिक तामाङ संघ नेपाल मधेस प्रदेश कमिटी उपाध्यक्ष  कर्ण बहादुर लामा, प्रदेश कमिटी सचिवालय सदस्य एवम पूर्व डिएसपी मदनकुमार मोक्तान, प्रदेश कमिटी सचिव बालकुमार लामा, कोषाध्यक्ष  रन्जु वाईबा, प्रदेश कमिटी सदस्य द्वय बिनु लामा र  रामबहादुर घलान, महा संघ जिल्ला कमिटी उपाध्यक्ष  सुर्यबहादुर वाईबा लगायतको आतिथ्यता रहेको जनाइएकाे छ ।  लोकतान्त्रिक तामाङ संघ नेपाल जिल्ला कमिटी अध्यक्ष लालबहादुर दोङ सभापतित्वमा साे भेला सम्पन्न भएकाे हाे ।

ताजा समाचार

Related Articles