सर्लाही प्रहरीद्धारा नक्कली नोटसहित २ जना भारतीय पक्राउ

सर्लाही २० कार्तिक
सर्लाही प्रहरीले नक्कली नेपाली नोट र हातहतियार सहित २ जना भारतीय नागरीकलाई पक्राउ गरेको छ । सर्लाही प्रहरीले पाएको बिशेष सुराकीको आधारमा भारतको मेजरगन्जबाट सर्लाहीको गौडैताको मधुवनीतर्फ आउने क्रममा अवैध हतियारसहित १० बण्डल एक हजार दरको नक्कली नोट प्रहरी नियन्त्रणमा लिइएको हो । भारत विहार राज्यको सीतामढी जिल्ला बसबिट्टा पञ्चायत रसुलपुर गाउँका २६ बर्षिय कुन्नु पटेल र सोही स्थानका ३० बर्षिय मुकेश पटेललाई नेपाली नक्कली नोट र हातहतियार सहित पक्राउ गरिएका प्रहरीले जनाएको छ । पक्राउ परेका पटेलको साथबाट खिया लागेको फलामको नलकटुवा पेस्तोल एक थान, के एफ आईट एमएम लेखिएको ६ राउण्ड र के एफ नाइन एमएम लेखिएको चार राउण्ड गोली बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं डिएसपी दिपक श्रेष्ठले जानकारी दिनु भयो । पक्राउ परेका भारतीय नागरिक द्धय नक्कली नोटको कारोवारमा संलग्न सक्रिय गिरोहका सदस्य रहेको सर्लाही प्रहरीको दावी रहेको छ । पक्राउ परेका दुवै जना विरुद्ध सर्लाही जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी प्रहरीले अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

ताजा समाचार

Related Articles