उपेन्द्र गाेले तामाङ
काठमाडौं १२ कार्तिक
तामाङ समाज युएईले काठमाडाैमा शैक्षिक सहयाेग रकम हस्तान्तरण कार्यक्रम सम्पन्न गरेकाे छ । विभिन्न क्षेत्रमा युएईमा रहेर तामाङ समाज युएईले हरेक बर्ष शिक्षाको लागि समाज भन्ने कार्यक्रम अन्तर्गत नेपाल अधिराज्यभरीको ग्रामीण भेगमा रहेको तामाङ समुदायमा बिद्यार्थीहरुको बाहुल्यता रहेको बिद्यालयलाई लक्षित गरेर शैक्षिक बिकासमा योगदान पुर्याउने मुल उद्देश्य सहित शैक्षिक सहयोग रकम हस्तान्तरण कार्यक्रम गर्दै आएकाे छ । यसका साथै यस पटक तामाङ समुदायबाट बिभिन्न क्षेत्रमा उच्च योगदान पुर्याउने व्यक्तित्वहरुलाई सम्मान तथा गरिव जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण कार्यक्रम समेत एकैसाथ काठमाडौ स्थित चाबहिल गणेशथान ओरालो स्थित बर्गर हाउसको हलमा सफलता पुर्वक सम्पन्न रेकाे छ । नगद एक लाख पचपन्न हजार पाँच सय पचपन्न (१,५५,५५५) रुपैयाँ आर्थिक सहयोग काभ्रेकाे खानी खोला गाउँ पालिका वडा नम्बर ३ अवस्थित भृकुटी माध्यमिक बिद्यालयलाई ब्यबस्थापन समितिको अध्यक्ष र प्रधानाध्यापक लाई हस्तान्तरण गरेकाे थियाे । टप ट्यालेन्ट इन्क्वारेन्जमेन्ट अवार्डबाट सम्मानित हुनेमा डा. मुक्त सिङ तामाङ र बरिष्ठ गायक चन्द कुमार मोक्तानलाई नगद रु २५००० सहित सम्मान गरिएकाे छ । विद्यार्थीहरुलाई छात्रवृत्तिमा तनहुँ भानु ८ फाउदी खोलाका रोसन तामाङ, सिन्धुपाल्चोक पाँचपोखरी थाङपालकी खावा लामा र काभ्रे बेथानचोक ४ कि मनिका तामाङ लाई नगद रु २०००० को दरले प्रधन गरिएको थियो ।सोही कार्यक्रममा गत असोज १० ११ र १२ गते परेको अत्यधिक बर्षाको कारण बाढी पहिरोले क्षति पुर्याएको रोशी गाउँ पालिकाको १ ,२,३,र ४ नम्बर वडालाई ३०००० हजार रुपैयाँ सहयोग प्रधन गरिएको थियो । साे कार्यक्रमको अध्यक्षता समाजका अध्यक्ष जितेन्द्र गोले तामाङले गर्नु भएको थियो भने प्रमुख आतिथ्यता संघीय सांसद तथा पुर्व राज्य मन्त्री सूर्यमान दोङले गर्नु भएको थियो । तामाङ समुदायको विशिष्ट व्यक्तित्वहरु, कलाकारहरु, संचारकर्मीहरु, राजनीतिक व्यक्तित्वहरु, तामाङ संघ संस्थाका प्रतिनिधिहरुको बाग्लो उपस्थिति रहेको थियो। औपचारिक कार्यक्रम समाजका महासचिव नवीन दोङले संचालक गरेको थियो भने संस्कृतिक कार्यक्रम मिस तामाङ सफलता थिङले गर्नु भएको थियो । वरिष्ठ गायक बिश्वो दोङ लगायत सेलो गायक फुल कुमार बम्जन, फापारे दोहोरी गायक पोङ्दिला च्याङ्बा र प्रबिन्स मोक्तानले संगितिक प्रस्तुति दिएर उपस्थित सम्पुर्णलाई मनोरञ्जन दिलाएको थियो ।

