गरुडामा चिकित्सककाे लापरवाहीले सुत्केरी महिलाकाे मृत्यु , स्थानियद्वारा अस्पताल घेराउ

राैतहट २१ भदाै
उपेन्द्र गाेले तामाङ
राैतहटकाे गरुडामा एक सुत्केरी महिलाकाे मृत्यु भएपछि पिडितका परिवारले अस्पताल घेरेका छन । रौतहटको गरुडा नगरपालिकाकाे वडा नम्बर ५ शिवनगरमा रहेकाे स्वास्थ्य चाैकीमा सुत्केरीकाे अप्रेसन गर्ने क्रममा सुत्केरी महिलाकाे मृत्यु भएकाे थियाे । स्वास्थ्य चौकी शिवनगरमा साेही विषयलाई लिएर शिवनगरको अवस्था तनावग्रस्त बनेको छ । चौकिको लापरवाहिले सुत्केरी आमाको ज्यान गएको भन्दै पीडित परिवारले चौकी घेरेपछी ठूलो संख्यामा अहिले नेपाल र सशस्त्र प्रहरी परिचालन गरिएको छ । शल्यक्रियाद्वारा सो स्वास्थ्य संस्थामा गएराती  गरुडा नगरपालिकाकाे वडा नम्बर ५ शिवनगरका बर्ष १८ का रमिता कुमारी साहकाे अप्रेसन गर्ने क्रममा मृत्यु भएकाे मृतकका श्रीमान अरविन्द कुमार साहले तराई पाेष्टलाई बताउनु  भयाे ।  गरुडा नगरपालिकाकाे शिवनगर बर्थिङ सेन्टरमा डाक्टरकाे तथा चिकित्सककाे लापरबाही कारणले मृत्यु भएकाे मृतक सुत्केरीका ससुरा चुल्हाई  साह साेनारकाे दावि रहेकमे छ । मृतक साे सुत्केरी महिला बच्चा जन्माइएकाे तर बच्चा जन्माएको केही घन्टामै उक्त महिलाको मृत्यु भएको स्थानियकाे भनाई रहेकाे छ । चिकित्सकले लापरबाही गरेर शल्यक्रिया गर्दा अत्याधिक रक्तस्राव भएर शिवनगरबाट बिरगंज लैजाने क्रममा उक्त महिलाको मृत्यु भएको भन्दै पीडित परिवार र उनका आफन्तहरुले स्वास्थ्य चौकी शिवनगर अगाडि शव राखेर दोषी चिकित्सकलाई कार्वाहीको माग गर्दै प्रदर्सन गरिरहेको जनाएको छ । चिकित्सकको चरम लापरबाहीका कारण अत्याधिक रक्तस्राव भएर बिरगंज लैजाने क्रममा सुत्केरी आमाको मृत्यु भएको पीडित परिवारको आरोप लगाइएकाे छ । शल्यक्रिया गर्दा चिकित्सकले सावधानी नअपनाएर जथाभावी चिरेका कारण अत्याधिक मात्रामा शरीरबाट रगत बगेर रगतको अभावमा महिलाको मृत्यु भएको दाबी गर्दै पीडित परिवारले उपचारमा लापरबाही गर्ने चिकित्सकलाई कार्यवाही तथा उचित क्षतिपुर्तिको माग गर्दै अस्पताल अगाडि शुक्रबार बिहानै देखि प्रदर्सन गरिरहेका छन ।

ताजा समाचार

Related Articles