राैतहटकाे बागमतिमा बेपत्ता बालककाे शव फेला

राैतहट १ साउन
राैतहटकाे गढीमाई नगरपालिकास्थित लक्ष्मीपुर घाट बागमति नदीमा पाैडी खेल्ने क्रममा बेपत्ता भएका बालककाे शव फेला परेकाे छ । साेमबार गढीमाई नगरपालिकाकाे वडा नम्बर ३ स्थित लक्ष्मीपुर घाट बागमति नदीमा बेपत्ता भएकाे बालककाे शव १८ घण्टापछि फेला परेकाे सशस्त्र प्रहरी बल नेपाल ११ गणले जानकारी दिएकाे छ ।  बेपता भएका १० वर्षीय  बालक सफर कवाडीकाे शव मंगलबार फेला परेकाे प्रहरीले जनाएकाे छ । साेमबार सोही स्थानका १३ वर्षीय सैदुला कवाडी पानीमा डुबेर गरुडा स्थित रोमा अस्पतालमा उपचार गराएकाे थियाे भने वर्ष ८ वर्षीय  हसर कवाडीको सकुशल उद्धार गरेकाे सशस्त्र प्रहरी बल  नेपाल नं. ११ गण हेडक्वाटर रौतहटले जनाएको छ । बेपत्ताको  खोजीमा सशस्त्र प्रहरी निरीक्षक भुवन घिमिरेको कमाण्डमा ३० जनाको टोली बाग्मती नदिमा परिचालन गरिएकाे थियाे ।

ताजा समाचार

Related Articles