लुटपाटमा संलग्न घोडासाहनका जयसवाल रौतहट प्रहरीको नियन्त्रणमा

रौतहट,५ असार । लुटपाटमा संलग्न रहेको आरोपमा एक भारतीय नागरिकलाई रौतहट प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा भारत बिहार राज्य मोतिहारी जिल्ला पुर्वी चम्पारण थाना घोडासहन ग्राम पंचायत बसवरिया वडा नं-२ का २० बर्षीय मोनुकुमार जयसवाल रहेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी एलिजा गिरीले बताएकी छन् ।
गत जेठ २२ गते बिहान साढे १० बजेको समयमा मौलापुर नगरपालिका वडा नं-६ पथरा बुधराम स्थित सडक खण्डमा माँ बचत तथा ऋण सहकारी संस्थामा  काम गर्ने  बौधिमाई ८ का बर्ष २४ को अरबिन्द कुमार दासले १७ लाख झोलामा राखि  राष्ट्रिय बाणिज्य बैंकमा जम्मा गर्न विआर ०५ ए एन ८७६२ भारतीय नम्बरको प्लाटिना मोटरसाईकलमा चढी मौलापुर तर्फ गईरहेको अवस्थामा विपरित दिशाबाट आएका ३ जना अपरिचित व्यक्तिहरुले उक्त रकम लुटपाट गर्ने उद्देश्यले अरबिन्द कुमार दासलाई पछाडीबाट गोली हानी फरार भएको थियो ।
प्रहरीले अनुसन्धानको क्रममा घटनामा संग्लन अभियुक्तहरु सीमावर्ती भारत बिहार राज्य मोतिहारी जिल्ला पूर्वी चम्पारण घोडाहसनमा सक्रिय रहेको बाबा ग्याङ नामको आपराधिक समुहमा आवद्ध रहेको व्यक्तिहरु संग साँठगाठ रहेको निष्कर्ष निकालेको थियो।
उनीहरु भारत र नेपालको सिमावर्ती ईलाकामा लुटपाट, भारतीय सामानको तस्करीमा सक्रिय रहेको प्रहरीको अनुसन्धान बाट खुलेको प्रहरीले जनाएको छ ।
गत असार २ गते साँझ सरिब साढे ५ बजेको समयमा  मौलापुर ७ स्थितबाट घरेलु कटुवा पेस्तोल  १ थान ,गोली राउण्ड २  थान समेत भारतीय नागरिक जयसवाललाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
जयसवाल माथि हातहतियार तथा खरखजना, चोरी तथा डाँका र ज्यान मार्ने उद्योग मुद्दा दर्तागरी रौतहत जिल्ला अदालतबाट म्याद थप थामाई अनुसन्धान भई रहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।

ताजा समाचार

Related Articles