माधोपुरका आगलागी पीडितलाई मेयर यादवद्धारा राहत प्रदान

रौतहट, २३ बैशाख । रौतहटको माधवनारायण नगरपालिकाका मेयरबैजनाथ प्रसाद यादवले माधोपुरका आगलागी पीडितलाई राहतस्वरुप विभिन्न सामग्री सहयोग उपलब्ध गराएका छन् ।

माधवनारायण नगरपालिका–६ माधोपुरका आगलागी पीडित परिवारहरुलाई मेयर यादवले राहत स्वरुप तत्कालका लागि आवश्यक पर्ने खाद्यान्न सामग्री, ग्यास सिलिण्डर, चुल्हो, लत्ताकपडा, भाडाकुडा, त्रिपाल लगाएत सामग्री वितरण गरेका छन् ।

विहीवार दिउँसो अचानक माधोपुरका आशनारायण मुखिया विनसहित चार घरमा भिष्ण आगलागी भएको थियो । आगलागीबाट तिनवटा फुस र एक टालीको घर पूर्णरुपमा जलेर नष्ट भएको थियो ।

आगलागीबाट घरमा राखिएको लत्ताकपडा देखि खाद्यान्न लगाएतका सम्पूर्ण सामानहरु जलेर खरानी भएको थियो । आगलागीबाट मानवीय क्षति नभएपनि जनधनको क्षति भएको थियो । आगलागीमा परेर एक गोरु जलेर घाइते भएको थियो ।

आगलागीबाट घर सहित घरमा भएका सम्पूर्ण सामानहरु जलेर नष्ट हुँदा पीडित परिवार बिच्चलीमा परेका छन् । आगलागीबाट करिव १० लाख भन्दा बढीको क्षति भएको प्रहरीको अनुमान छ ।

आगलागीबाट चार परिवार घरवार विहिन हुन पुगेको सूचना पाउनेवित्तिकै राहतका साथ विहिवार साँझ अबेर घटनास्थल पुगेका माधवनारायण नगर प्रमुख बैजनाथप्रसाद यादवले आगलागीबाट पीडित भएका चारै परिवारलाई राहत उपलब्ध गराएका थिए ।

मेयर यादवले आगलागीबाट पीडित भएका चारै परिवारलाई चामल, दाल, नुन, तेल, लत्ताकपडा, भाडाकुडा, ग्यास सिलिण्डर, चुल्हो, त्रिपाल लगाएतका सामग्री सहयोग गरेका छन् ।

मेयर यादवले पीडितहरुको घर निर्माणका लागि समेत आफुले सक्दो सहयोग गर्ने र पहलकदमी लिने समेत प्रतिबद्धता जनाएका थिए । सो अवसरमा मेयर यादवले घटनाबाट भएको क्षतिको निरीक्षण समेत गरेका थिए ।आपद बिपदमा परेका नागरिकलाई हर प्रकारले सहयोग गर्न पछि नहट्ने नगर प्रमुख यादवले पीडितहरुको घरदैलोमै पुगेर उक्त सामाग्रीहरु हस्तान्त्रण गरेपछि पीडितहरु खुसी भएका छन् ।

नगर प्रमुख यादवले खाद्यान्न लागाएत सामग्री बितरण गरेपछी पीडितहरु निकै हर्षित भएका छन् । सो अवसरमा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्रीदेव यादव, इन्जीनियर नागेन्द्र यादव लगाएतका व्यक्तिहरुको उपस्थिती रहेको थियो ।

आगलागीको कारण खुल्न सकेको छैन भने गौर नगरपालिकाबाट आएको बारुणयन्त्रको सहयोगले प्रहरी र स्थानीयहरुले समयमै आगो नियन्त्रणमा लिएका कारण थप क्षति हुनबाट जोगिएको थियो ।

ताजा समाचार

Related Articles