रौतहटमा पनि चैती छठ मनाइँदै

रुपेन्द्र पटेल
रौतहट, २ बैशाख । केही समय पहिला धनुषाको मिथिला क्षेत्रमामा मात्रै मनाइने चैती छठ पछिल्लो समय रौतहटसहित तराई मधेसका विभिन्न जिल्लामा मनाउन थालेको छ ।
श्रद्धा, भक्ति एवम् धार्मिक सहिष्णुताको रुपमा रहेको चैती छठ पर्व रौतहट जिल्लामा अत्यन्त उत्साह र महत्त्वका साथ मनाइँदै छ ।
विगतभन्दा अहिले चैती छठ पर्व गर्ने व्रतालुको संख्यामा बढावा आएसँगै कार्तिक महिनामा मनाइने छठ पर्व जस्तै चैती छठ पनि अत्यन्त उत्साह र महत्त्वका साथ मनाइँदै छ ।
कार्तिकमा मनाइने छठ जस्तो घरघरमा नमनाए पनि चैती छठ मनाउन नदि तथा विभिन्न पोखरी र तालमा छठ घाट बनाइएको देखिन्छ ।
शुद्धता र आपसी सदभावको रुपमा चार दिन मनाइँने चैती छठ पर्वको आज तेस्रो दिन व्रतालुहरु नदि तथा विभिन्न पोखरी र ताल तलैयामा पुगेर अस्थाउँदो सूर्यलाई अर्घ दिइ छठ पर्व मनाइएको छ भने भोलि उदाउँदो सूर्यलाई अर्घ दिएपछि छठ पर्व सम्पन्न हुने ब्रतालुहरु बताउँछन् ।
छठ पर्वको प्रसादका रूपमा केरा, सुन्तला, नरिवल, अदुवा, गहुँको पिठोले बनाइएको ठकुवा, उखुलगायतका प्रसाद बासले बनेको छिटा, दौरा, सुप तथा माटोले बनेको हात्ती, ढकना, दियो र कलश लगायत पूजा सामग्रीको प्रयोग गरिन्छ । जसलाई शुद्धताको प्रतीकको रूपमा लिने गरिएको व्रतालुहरुको भनाइ रहेको छ ।

ताजा समाचार

Related Articles