रौतहट,२९ चैत । नेकपा एमाले चन्द्रपुर नगर कमिटीको तेस्रो नगर अधिवेशन भोलि हुने भएको छ। अधिवेशनले तीन वर्षका लागि नयाँ नगर कमिटीका पदाधिकारी चयन गर्नेछ । चन्द्रपुर नगर कमिटीको अध्यक्षमा प्रमोद चौधरी, रामबहादुर घलन र राजेन्द्र तिवारीले उम्मेदवार दिने चर्चा रहेको छ । अधिवेशनको तयारी अन्तिम चरणमा पुगेको नेकपा एमाले चन्द्रपुर नगर कमिटीका प्रचार विभाग प्रमुख चिरञ्जीवी गौतमले जानकारी दिएका छन् । भोलि ११ बजे नेकपा एमाले चन्द्रपुर नगर कमिटीको अधिवेशनको नेकपा एमालेका पोलिट ब्युरो सदस्यले उद्घाटन गर्ने कार्यक्रम रहेको छ। चौधरी नेकपा एमाले रौतहटका पूर्व जिल्ला कमिटी सदस्य हुन् भने राजेन्द्र तिवारी नेकपा एमाले चन्द्रपुर नगर कमिटीको हालका कार्यवाहक अध्यक्ष हुन् ।