वृन्दावनमा पोखरीमा डुबेर किशोरीको ज्यान गयो

रौतहट,२६ चैत । रौतहटमा पोखरीमा डुबेर एक किशोरीको ज्यान गएको छ ।
जिल्लाको वृन्दावन नगरपालिकामा सोमबार दिउँसो एक बालिकाको पोखरीमा डुबेर मृत्यु भएको हो । वृन्दावन नगरपालिका वडा नं-१ स्थित खैरा टोलका किशोर कुमार बैठाको १३ वर्षीय छोरी निरञ्जन कुमारी बैठाको पोखरीमा डुबेर ज्यान गएको हो ।
बाख्रा चराउन गएकी बैठा गर्मी छल्नका लागि साथीहरूसँग घर नजिकै रहेको पोखरीमा नुहाउन गएकी उनको पोखरीमा डुबेर मृत्यु भएको सो वडाका वडा अध्यक्ष रामनाथ सहनीले जानकारी दिएका छन् ।
रौतहटमा गर्मी बढेसँगै बालबालिकाहरू घरछेउका खोला तथा पोखरीहरूमा नुहाउन जाने गरेका छन् ।

ताजा समाचार

Related Articles