काठमाडौँ,२३ फागुन । नेकपा एकीकृत समाजवादी पनि सरकारमा जाने भएको छ। उक्त पार्टीले भानुभक्त जोशी र धनबहादुर बुढालाई बन्त्री बनाउने भएको छ।
एकीकृत समाजवादीले जोशीलाई संघीय मामिला तथा सामान्य प्रशासन र बुढालाई सहरी विकास मन्त्रालयमा पठाउने निर्णय भएको जनाएको छ।
प्रधानमन्त्री पुष्पकमल दाहालसँग वार्ता गरेपछि समाजवादीले सरकारमा सहभागी हुने निर्णय गरेको हो।