रौतहट, २३ फागुन । स्रोत नखुलेको १० लाख रुपैयाँ सहित रौतहट प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुर हेटौंडा उपमहानगरपालिका–३ बस्ने ३० वर्षीया मरमती मोक्तान र ३६ वर्षीय देवराज थिङ रहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको हो ।
नेपाली नम्बरको ब्रेजा कार र १० लाख नगद रुपैयाँ सहित दुबै जनालाई जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएका छन् ।
इलाका प्रहरी कार्यालय बन्जरहाबाट गएको प्रहरीले टोलीले ईशनाथ नगरपालिका–१ स्थित सोमबार राती संकाको अधारमा उनीहरूले प्रयोग गरेको प्र३०१–०२३च ५३८५ नम्बरको कारलाई जाँच गर्ने क्रममा सो नगद सहित दुवैजना लाई पक्राउ गरिएको हो ।
कारमा पछाडि सवार देवराज थिङ्मले बोकेको कालो रंगको झोला भित्र लुकाई छिपाई राखेको स्रोत नखुलेको नेपाली १ हजार दरको नाट थान ८५० र ५०० दरको ३ सय थान जम्मा जम्मा १० लाख रुपैयाँ सहित दुवैजना लाई पक्राउ गरिएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी एलिजा गिरीले बताएकी छन् ।
उनीहरुलाई बरामद नगद र कार सहित आवश्यक कारवाहीको लागि जिल्ला भन्सार कार्यालय गौरमा बुझाईएको डिएसपी गिरीले जानकारी दिएकी छन् ।

