चन्द्रपुर ४मा वडाअध्यक्ष कप नगरस्तरीय फुटबल प्रतियोगितामा जारी

रौतहट,१९ फागुन । चन्द्रपुर नगरपालिका वडा नम्बर ४ को आयोजनामा हिजोबाट सुरु भएको नगरी स्तरीय वडा अध्यक्ष कप फुटबल प्रतियोगितामा चन्द्रपुर नगरपालिका वडा नम्बर १ विजयी भएको छ।

निर्धारित समयमा दुवै टिमबाट गोल हुन नसकेपछि ट्राइबेकरमा चन्द्रपुर चारलाई चन्द्रपुरी १ ले तीनका विरुद्ध पाँच गोल गर्दै विजयी बन्न सफल भएको हो । सो प्रतियोगिताको उद्घाटन गर्दै चन्द्रपुर नगरपालिकाका नगरप्रमुख सञ्जयकुमार काफ्लेले आफूले खेलकुदमा सक्दो सहयोग गर्ने बताएका थिए ।

नगर प्रमुख काफ्लेको प्रमुख आतिथ्यतामा भएको सो कार्यक्रमको अध्यक्षता चन्द्रपुर नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष रवि राणा मगरले गरेका थिए।

चन्द्रपुर नगरपालिका वडा नम्बर ४ को आयोजनामा भएको नगरस्तरीय वडा अध्यक्ष कप फुटबल प्रतियोगितामा नगरका १० वटै वडाका खेलाडीहरूको सहभागिता रहनेछ। प्रतियोगितामा प्रथम हुने टिमले नगद ३० हजार र दोस्रो हुने टिमले नगद २० हजार पाउने वडाध्यक्ष रवि राणा मगरले जानकारी दिएका छन् ।

ताजा समाचार

Related Articles