रौतहटमा गाजासहित ३ जना पक्राउ

रौतहट २३ माघ
रौतहटको देवाहीगोनाही नगरपालिकाको गोनाही बजारबाट अबैध लागु औषध गाजासहित ३ जनालाई पक्राउ गरेको छ । बिशेष सुचनाका आधारमा मंगलबार इलाका प्रहरी कार्यालय देवाहीगोनाही रौतहटबाट खटिएको प्रहरीको टोलीले सोही नगरपालिकाको वडा नम्बर ८ गोनाही बजारस्थित संग्रालय नजिक सार्वजनिक सडकखण्डमा सवारी साधन चेकजाच गर्दा जयनगरदेखि गोनाहीतर्फ जादै गरेको मधेश प्रदेश ०३ ००१ ह २५२४ नम्बरको डाफे नामक सवारी साधनलाई चेकजाच गरेको थियो । सोही क्रममा सो डाफेमा रहेको २ थान जेब्रा झोलामा लुकाई छिपाई ल्याउदै गरेको १० किलो ३० ग्राम गाजासहित ३ जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो । डाफे चाल सर्लाहीको बागमति नगरपालिकाको वडा नम्बर १२ बथानेका बर्ष २२ का राजन मोक्तान , सोही सवारीमा सवार सोही स्थानका बर्ष २३ का सुजन मोक्तान र सोही स्थान कै असली माया बलललाई प्रहरीले पक्राउ गरि थप आवश्यक अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

ताजा समाचार

Related Articles