रौतहट,१८ माघ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले गठबन्धन सरकारका कारण देश ठुलो संकट तर्फ धकेलिएको बताएका छन् ।
नेकपा एमाले रौतहटले आज सदरमुकाम गौरमा आयोजना गरेको प्रतिनिधि परिषद् भेलालाई सम्बोधन गर्दै पोखरेलले सो कुरा बताएका हुन् । पोखरेलले देशलाई नेकपा एमाले सरकारले ल्याएका ठूला योजनालाई गठबन्धन सरकारले अवरोध पुर्याउने काम गरेको आरोप लगाएका छन् ।
नेकपा एमाले रौतहटको दशौँ जिल्ला अधिवेशनको तयारी स्वरुप आज जिल्ला सदरमुकाम गौरमा प्रतिनिधि परिषदको भेला भएको थियो ।
पोखरेले भेलालाई सम्बोधन गर्दै संघ सरकार र प्रदेश सरकारमा रहेको गठबन्धनले देशको विकास गर्नुभन्दा आफ्नै गोजि विकास गर्न तल्लिन रहेको दाबी गरे ।
पोखरेलले समग्र मधेश प्रदेशको विकासका लागि एमाले नै उत्तम विकल्प भएकाले एमालेको पक्षमा लाग्न नेता तथा कार्यकर्ताहरूलाई जनता समक्ष पुग्न आग्रह गरेका थिए।

