लाखौँको काठ रौतहट प्रहरीको नियन्त्रणमा

रौतहट १८ माघ। एक लाखौं भन्दा बढी मूल्यको काठ रौतहट प्रहरीले नियन्त्रणमा लिएको छ ।
राष्ट्रीय बन बाट अवैधरुपमा कटानी गरेर कटहरीया नगरपालिका-१ भसेड्वा स्थित बकेया खोलाको नजिकै स्थानिय सोनेलाल यादवको  गोठमा  लुकाई छिपाइ राखेको ३ थान सालको गोलिया काठ बुधवार साँझ प्रहरीले बरामद गरेको हो ।
गोप्य सूचनाको आधारमा अस्थायी प्रहरी पोष्ट छेदिचौकका प्रमुख असई विनय कुमार झाको कमाण्डमा गएको टोलीले उक्त गोठ तथा गोठ छेउमा परालको कुन्यु मुनि लुकाई छिपाइ राखेको १ लाख ८ हजार बराबरको काठ बरामद गरी आवश्यक कारवाहीको लागि सेक्टर वन कार्यालय जंगलासहियामा बुझाएको तथा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

ताजा समाचार

Related Articles