चालु आर्थिक वर्षको ६ महिनामा के-के गरे रौतहट प्रहरी, प्रगति विवरण सार्वजनिक

रौतहट, १८ माघ । रौतहट प्रहरीले चालु आर्थिक वर्षको ६ महिनाको प्रगति विवरण सार्वजनिक गरेको छ।चालु आर्थिक वर्षको श्रावणदेखि पुसससम्मको प्रगति विवरण सार्वजनिक गरिएको हो।जिल्ला प्रहरी कार्यालय रौतहटले सार्वजनिक गरेको प्रतिवेदन अनुसार २ करोड ९५ लाख ३१ हजार ३ सय ३१ रुपैयाँको भनसार छली तथा चोरी निकासीको समान बरामद गरेको जनाइएको छ।यता चालु आर्थिक वर्षको गत ६ महिनामा रौतहट प्रहरीले १८ लाख ७० हजार ४ सय रुपैयाँ नक्कली नोट बरामद गरेको छ। प्रहरीले विभिन्न चेक जाँच तथा विशेष सूचनाको आधारमा उक्त रकम बरामद गरेको हो।जिल्ला प्रहरी कार्यालय रौतहटको तथ्याङ्क अनुसार नक्कली नोट कारोबारीमा संलग्न नौं जनालाई पक्राउ समेत गरिएको छ। जसमध्ये चारजना उपर मात्रै मुद्दा दर्ता भएको रौतहट प्रहरीको तथ्याङ्कमा उल्लेख रहेको छ।यस्तै रौतहट प्रहरीले छ महिनामा २६९ जना फरार प्रतिवादीलाई पक्राउ गर्न सफल भएको हो ।विभिन्न मुद्दामा दोषी ठहर भई कैद जरिवाना नबुझाएका उक्त अभियुक्तहरूलाई पक्राउ गरिएको बताइएको छ ।पक्राउ परेका अभियुक्तहरूबाट १२ लाख ३५ हजार ७ सय १२ रकमसमेत असुली भएको जिल्ला प्रहरी कार्यालय रौतहटको तथ्याङ्कमा उल्लेख रहेको छ।यस्तै अनलाइन स्क्याम मार्फत ठगी गर्ने तीनजनालाई पक्राउ गरिएको छ भने एकजना उपर मुद्दा चलाइएको हो।यता फिरौतीको रकम माग गर्ने एकजना उपर रौतहट प्रहरीले मुद्दा चलाएको छ ।रौतहट प्रहरीमा जम्मा ५०८ अपराधिक सम्बन्धी मुद्दा दर्ता भएको छ भने, २९० वटा मुद्दा फर्छ्यौट भइसकेको छ।२१८ वटा मुद्दा अनुसन्धान भइरहेको छ भने, ३४३ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटको तथ्याङ्कमा उल्लेख रहेको हो ।यस्तै रौतहटमा ९ वटा कर्तव्य ज्यान मुद्दाको मुद्दा दर्ता भएको छ भने, चारवटा फर्छ्यौट भएको छ।यता महिला बालबालिका तथा जेष्ठ नागरिक सम्बन्धी ३९ वटा मुद्दा पर्दा २७ वटा मुद्दा फर्छ्यौट भएको र १२ वटा मुद्दा अनुसन्धान भइरहेको रौतहट प्रहरीले जनाएका छन्।सवारी ज्यान मुद्दा सम्बन्धित २४ वटा मुद्दा दर्ता हुँदा १८ वटा फर्चयोट भएको र ६ वटा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएका छन्।यता लागू औसत सम्बन्धी ११ वटा मुद्दा चलाउँदा ९ वटा फर्छ्यौट भएको र दुईवटा अनुसन्धानको क्रममा रहेको छ।लागू औषध कारोबारमा संलग्न १५ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।यस्तै चोरी तथा डाँका सम्बन्धी मुद्दामा ३४ वटा मुद्दा दर्ता गरिएको छ। जसमध्ये ३३ वटा फर्छ्यौट भइसकेको छ भने, एकवटा मुद्दा अनुसन्धान भइरहेको र ५० जना मानिसलाई  पक्राउ समेत गरिएको प्रहरीको तथ्याङ्कमा उल्लेख रहेको छ ।

ताजा समाचार

Related Articles