मधेश सरकारको साइकल खरिद प्रकरण : भुसाल र झा दोषी ठहर

जनकपुर, १२ माघ । मधेश प्रदेशको ‘बेटी पढाउ, बेटी बचाउ’ कार्यक्रम अन्तर्गतको साइकल खरिद प्रकरणमा तत्कालीन सचिव यामप्रसाद भुसाल र भगवान झालाई दोषी ठहर भएको छ । अन्य सबैले भने, सफाई पाएका छन् । विशेष अदालतले बिहीबार सो मुद्दाको फैसला गर्दै भुसाल र झालाई ३÷३ महिना कैद सजाय र जनही १० हजार रुपैयाँ जरिवाना गरेको छ । सो मुद्दामा रहेका
ठेकेदारलगायतका कर्मचारीहरुले सफाई पाएका छन् । साइकल खरिद प्रकरणमा भ्रष्टाचार भएको अभियोग लगाउँदै अख्तियार
दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा बिगो सहितको सजाय माग गरेको थियो । तर अदालतले विगो कायम नगरी भुसाल र झालाई मात्र दोषी ठहर गरेको छ । अधिवक्ता दीपेन्द्र झाका अनुसार ठेक्का प्रकरणमा प्रक्रियागत त्रुटि गरेको ठहर गर्दै सजाय गरिएको छ । मुद्दामा विगो कायम नगरिएकोले सजायलाई भ्रष्टाचार भन्न नमिल्ने बताउँदै अधिवक्ता झाले भने, ‘
प्रक्रियागत त्रुटि देखिएकोले अदालतबाट सजाय भएको हो ।’ ठेकेदारसहित ८ जनालाई दोषी ठहर गरी अख्तियारले विशेष अदालतमा मुद्दा दर्ता गरेको थियो । विशेष अदालतमा मुद्दा चलेको कारण मधेश प्रदेशको मुख्य सचिवालय रहेको मधेश भवनके गोदाममा झण्डै ५ हजार साइकल अलपत्र अवस्थामा रहेको छ । साइकल सप्लायर्सले भुक्तानी पाउन सकेका छैन् । प्रदेश सरकारको तत्कालीन मुख्यमन्त्री लालबाबु राउतको बेला साइकल खरिद गरिएको थियो । अख्तियारले मुद्दा दर्ता गरेपछि प्रदेश सरकारले साइकल वितरणको कार्यक्रम नै रोकेको छ । कक्षा ८ मा अध्ययनरत छात्राहरुलाई ‘बेटी पढाउ, बेटी बचाउ’ कार्यक्रम अन्तर्गत साइकल वितरण गरिएको आजको जनकपुर टुडेमा समाचार प्रकाशित छ ।

ताजा समाचार

Related Articles