घुससहित पक्राउ परेका देवाही गोनाहीका तत्कालीन मेयर पटेलले पाए विशेष अदालतबाट सफाइ

रौतहट, ५ माघ । घुस खाएको आरोप लागेका रौतहटको देवाहि गोनाहिका तत्कालीन मेयर धर्मेन्द्र पटेल विशेष अदालत काठमाण्डौं बाट सफाई पाएका छन् । उनी संगै सहयोगीको रुपमा रहेका अशोक पटेल समेत सफाई पाएका हुन् ।
शुक्रवार न्यायाधीश खुशी प्रसाद थारु, तेजनारायण सिंह राई र न्यायाधीश रितेन्द्र थापाको संयुक्त ईजलासले पूर्व मेयर पटेल र उनका सहयोगी लाई भ्रष्टाचार मुद्दा बाट सफाई दिएको हो ।
२०७८ फागुन १५ गते तत्कालीन नगरप्रमुख पटेल नगरपालिकामा आफ्नै कार्यकक्ष बाट पक्राउ परेका थिए ।
उनलाई दुई लाख नगद र साढे दुई लाख रुपैयाँको चेकसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालयको टोलीले पक्राउ गरेको थियो । देवाहि गोनाहि नगरपालिका वडा नम्बर १ का अध्यक्ष शेख नुरुल्लाहसँग घुस लिएको आरोपमा अख्तियारको टोलीले उनलाई र उनका स्वकीय सचिव अशोक पटेल लगायत चारजना पक्राउ गरेको थियो ।
पक्राउ पछि लगत्तै उनी अख्तियार द्वारा निलम्बित भएका थिए । पटेल निलम्बित भएकै कारण गत स्थानिय निकायको निर्वाचनमा उनी उमेदवारी बाट वञ्चित भएका थिए । उनको स्थानमा उनको श्रीमती चुनाव लडेपनि पराजित भएकी थिइन् ।

ताजा समाचार

Related Articles