रौतहट,१८ पुस । रौतहट प्रहरीले ४० क्युफिट सालको काठ बरामद गरिएको छ । जिल्लाको वृन्दावन नगरपालिका वडा नं-८ बर्गजवा टोलबाट प्रहरीले प्रहरीले उक्त काठ बरामद गरिएको हो । बर्गजवा टोल स्थित बाटोको छेउमा रहेको परालमा भित्र सालको गोलिया लुकाई छिपाई राखेको अवस्थामा प्रहरीले ५ थान सालको गोलिया रौतहट प्रहरीले बरामद गरेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
बरामद गरिएको उक्त परिमाणको काठ आवश्यक कारबाहिको लागि डिभिजन वन कार्यालय चन्द्रनिगाहपुर रौतहटमा दाखिला गरिएको रौतहट प्रहरीले जनाएको छ। जिल्लामा पछिल्लो समय काठ चोरीका घटना बढ्दो क्रममा रहेको छ।
डिभिजन बन प्रमुख भएर गृह जिल्ला रौतहट आएका शैलेन्द्र मिश्रको उदासीनताका कारण जिल्लामा वन अतिक्रमण र चोरी निकासीको घटना बढ्दै गएको स्थानीय बताउँछन् ।
गत पुस १६ गते अग्रेजी नयाँ वर्ष मनाउने नाममा रौतहट वन बाट अत्यधिक काठ तस्करी भएको वृन्दावन-१ का स्थानीय राजनीतिककर्मी सुरेश पटेलले बताए ।

