आजको मौसम : तराई हुस्सु कुहिरो, यी प्रदेशमा हिमपात

काठमाडौं,१८ पुस । कोशी र गण्डकी प्रदेशका पहाडी भूभागमा अहिले आंशिक बदली छ। 
मौसम पूर्वानुमान महाशाखाका अनुसार तराईका धेरै भागमा अहिले हुस्सु र कुहिरो लागेको छ।
आज दिउँसो कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही देशका बाँकी भागको मौसम सामान्यतया सफा रहनेछ। 
दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भेगको एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ। 
राति पनि कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भेगको केही स्थानमा हल्का हिमपातको सम्भावना छ।

ताजा समाचार

Related Articles