आश्रयको क्रसरका कारण स्थानीय मारमा

चन्द्रपुर,१४ पुस । आश्रय निमाण सेवाका कारण चन्द्रपुर नगरपालिका वडा नं–८ का स्थानीय बासिन्दा समस्यामा परेका छन् ।
नियम विपरित आश्रय निर्माण सेवाले चन्द्रपुर ८ को अल्टोकी गाँउ र सन्तपुर गाँउको बिचमा नियम विपरित क्रसर संचालन गरेका कारण सो भेगका स्थानीय बासिन्दाले त्यसको बिरोध गरेका हुन ।
आश्रय निर्माण सेवाले गाँउको बिच र स्थानीय उब्जनी हुने खेतको बिच क्रसर संचालन गरेका कारण सो क्रसरको आसपासको खेतमा उब्जनी समेत कम हुन थालेको स्थानीयको भनाइ रहेको छ ।
क्रसराबाट निष्केको फोहोरका कारण स्थानीयको स्वास्थ्यमा समेत गम्भिर असर परेको चन्द्रपुर ८ का स्थानीय बासिन्दा बिनोद चौधरीको भनाइ रहेको छ ।
स्थानीयले गाँउ र खेतको बिचबाट क्रसर हटाउनका लागि ताकेता गरेको भएपनि स्थानीय राजनैतिक दलको आठमा आश्रय निर्माण सेवाले स्थानीयको स्वास्थ्य खेतबालिको अन्न माथि खेलवाड गरेको चौधरीको भनाइ रहेको छ ।
गाँउ र खेतको बिच बिना दर्ता संचालनमा रहेको सो क्रसरलका कारण नहरको बाटो हिडनै नहुने गरी भत्कदा समेत स्थानीय जनप्रतिनिधिले चासो नलिएको स्थानीय बासिन्दाले बताएकाछन् ।
गाँउको बिच सराइमा संचालनमा रहेको क्रसरको धुलोका कारण स्थानीयको स्वास्थ्यमा समेत गम्भिर असर परेकाले क्रसर तत्कालन बन्द गराउन समबन्धीत निकायसंग स्थानीय बासिन्दाले माग गरेकाछन् ।
क्रसरको धुलो र बालुवायुक्त पानी स्थानीयको खेतमा गएर उब्जनीमा समेत कमी आउन थालेको सन्तपुरका अर्का स्थानीय बासिन्दा कम्लेश चौधरीले बताए । तराई एक्सप्रेसबाट सभार

ताजा समाचार

Related Articles